पाठ्यक्रम विकाश केन्द्र, शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, एवम अन्य शैक्षिणिक सामग्रीको व्यावस्था गरि शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा ठोस सहयोग पुर्याउनका लागि स्थापित प्राज्ञिक केन्द्र हो । केन्द्रले विकास निर्माण तथा परिमार्जन गरेका सामाग्रीको प्रयोग र उपादेयताका सम्बन्धमा वाषिर्क तथा आवधिक रुपमा छलफल, अन्तरक्रिया, प्रबोधिकरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय शिक्षालाई समसामयिक, व्यावहारिक र प्रतिस्पर्धी बनाउनका लागि केन्द्रले अनुसन्धानमूलक कार्यहरु पनि गर्ने गर्छ
More info